दीगो ई८ को ब्रान्ड एम्बेसडर बने कलाकार मदनकृष्ण श्रेष्ठ

Thee go madan

काठमाडौँ । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण  श्रेष्ठ  वातावरणमैत्री विद्युतीयकार दीगो ई८ कारको एम्बेस्डर बनेका छन् । मंगलबार  दीगो ग्रुप अफ कम्पनिजका सीईओ हेमन्त पुरानिक र अन्य पदाधिकारीहरुले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गर्नुका साथै कलाकार श्रेष्ठलाई सो कार हस्तान्तरण गरेको हो ।

नेपालमा लोडसेडिङ हटे देखि नै आफू उत्कृष्ट विद्युतीय कारको खोजीमा रहेको बताउँदै आगामी दिनमा यस्ता कार धेरै नेपालीले प्रयोग गर्ने विश्वास व्यक्त गरे ।सो अवसरमा सीईओ हेमन्त पुरानिकले चर्चित कलाकार श्रेष्ठसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा दीगो ब्रान्डलाई सबै सहरमा पुर्याउने कम्पनीको लक्ष्यमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । दीगो ई८ कार हालै नेपालमा भित्रिएको इलेक्ट्रिक कार हो । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।

दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

सामान्य ड्राइभिङ कन्डिसनमा दीगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुने कम्पनीको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...