ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Accident new

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक–४, दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपाने छन् ।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६७८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ८२ ९७३७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

त्यसक्रममा ट्रकको पछाडिको चक्कामा परेर स्कुटर चालक न्यौपाने गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा नागरिक अस्पताल, भक्तपुरमा मृत्यु भएको गिरीले बताए । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...