काठमाडौँ उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर २०३ जना कोरोना संक्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस