देशभर ४ सय ३ जनालाई कोरोना, ७ जनाको मृत्यु

Coronaa

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...