बेलायतबाट चीन पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस, सबै देशमा बढ्यो जोखिम
काठमाडौं । गत वर्ष चीनको वुवानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वलाई नै तहसनहस बनाइरहेका बेला फेरि नयाँ स्वरूपको कोरोना भाइरसले विश्वलाई त्राहीत्राही बनाउने संकेत देखिएको छ ।
चीनमा पनि नयाँ भाइरस देखिएसँगै फेरि विश्व कोरोना भाइरसको संक्रमणकोजोखिम बढ्न थालेको को ।
त्यसपछि विश्वका लगभग सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।
नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन् ।
प्रतिकृया दिनुहोस