पछिल्लो २४ घण्टामा ५ सय ११ संक्रमण थप, ७ जनाको मृत्यु

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ।

हाल देशभर ६ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...