सुनको मूल्य बढ्यो, हेर्नुस् कति पुग्यो आज ?

Gold gifttaa

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा आज ७०० ले वृद्धि भई ९४ हजार ४०० मा कारोवार भएको छ ।

त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ । चाँदी आइतबार एक हजार २८० मा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...