शुक्रबार थप ६०८ जनामा कोरोना पुष्टि, ९ जना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ सय ९२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।
हाल देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १६ पुगेको छ।
प्रतिकृया दिनुहोस