नयाँ नक्सा रोक्नका लागि पुस्तौँ–पुस्तालाई पुग्ने प्रस्ताव आएः मन्त्री अर्याल

Padma aryal 768x479

भक्तपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा जारी गर्दा आफुले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन् । काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

‘नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनोैतीपुर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने पूस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन् ‘तर म डगमगाईन, कुनैपनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडी बढे । नडगमगाइकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ ।’

भूमी व्यवस्था मन्त्रालयलाई विगतमा ‘लो क्वालिटि’को मन्त्रालयका रुपमा बुझिदै आएको भन्दै उनले त्यहीबाट सबैभन्दा महत्वपूर्ण र राष्ट्रिय महत्वको काम गर्नूपर्छ भन्ने संकल्प गरेर काम खोजेर आफु अगाडी बढेको बताइन् । मन्त्री अर्यालले भनिन् ‘गर्न सकिने ठाउँ रहेछ, तथ्य प्रमाण रहेछ भनेर अगाडी बढ्यौ । यो त युगसम्म रहने कुरा नेपालको नक्सालाई अद्यावधिक गर्दै विगतमा छुटाईको जमिन सहित समेटेको नक्सा ल्यायौं । यो निकै महत्वपूर्ण कुरा हो ।’

सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपुर्ण कार्य रहेको भन्दै उनले यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसकेपनी विश्वमा नेपालको सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएको बताइन् । आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उनले वैज्ञानिक भूमी व्यवस्थापनका निम्ती अव्यवस्थित बसोबासीको पनि व्यवस्थापन पहिलो शर्त हो भन्ने मान्यताका साथ भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताइन् ।

हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै मन्त्री अर्यालले पहुँचमा बसेका ठूला मान्छेहरुकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...