चन्दा उठाएर एम्बुलेन्स

Ambulance ucbkjsu1oc 2

काठमाडौँ । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।

समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेको उनले जानकारी दिए । एम्बुलेन्स सञ्चालनका लागि दूधपोखरी गाउँपालिका–२ ले संयोजन गर्ने गरी सञ्चालक समिति बनाएर व्यवस्थापन गरिने छ ।

दूधपोखरी जिल्लाको सदरमुकाम बेँशीशहरबाट ५० किलोमिटर पूर्वमा पर्दछ । यहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिकामा ११ हजार जनसङ्ख्या रहेको छ । एम्बुलेन्सले छिमेकी गाउँपालिकाको जनतालाई पनि सेवा पुर्याउने न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...