मेलम्चि खानेपानी बाँधको काम अन्तिम चरणमा

Melamchhi

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । गेटहरुको काम यही माघ महिना सम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । प्रवक्ता पन्तले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

यसैबीच मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोली अवको एक हप्ता भित्र आउने प्रवक्ता पन्तले जानकारी दिए । प्राविधिक टोलीको प्रतिवेदनले अनुमति दिएपछि पानी खसालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताए ।

केहि महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको छ । अहिले काम दु्रत गतिमा भइरहेको बताउँदै उहाँले काठमाडौंमा पानी झार्न अव धेरै समय नलाग्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...