नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

1603107398 zeilq

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका एक हजार ३४३सहित कूल संक्रमितको संख्या संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२८७ पीसीआर परीक्षण गरिएको थियो । साथै पछिल्लो २४ घण्टामा दुई हजार १११ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख २ हजार २७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा १३ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ५५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...