प्रदेश नं १ मा ९२ सङ्क्रमित थप

Corona

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनकुटा र उदयपुरमा दुई/दुई र पाँचथरमा एकजना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २७ हजार ५३३ पुगेको छ ।

प्रदेशमा आज ५० जना सङ्क्रमितहरु होम आइसोलेसन र विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुने सङ्क्रमितमा होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट छ र विराट मेडिकल कलेजबाट एक जना रहेका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार ७५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...