काठमाडौँ उपत्यकामा थप ५३० जनामा कोरोना पुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यकामा मंगलबार थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०९ , भक्तपुरका ३६ तथा ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।
प्रतिकृया दिनुहोस