निरन्तर ओरालो लाग्यो सुनको मूल्य, हेर्नुस् कति छ आजको मूल्य

Gold bullion vault

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो ।

यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ ।

मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...