भारतमा ८९ लाखभन्दा बढीमा संक्रमण
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ ।
प्रतिकृया दिनुहोस