कोरोना संक्रमितमध्ये ६७ प्रतिशतभन्दा बढी काठमाडौँमा, एकैदिन थपिए ३३९ संक्रमित
काठमाडौँ । उपत्यकामा मंगलबार थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार काठमाडौँमा देखिएको कोरोना संक्रमितको संख्या मुलुकभर देखिएको संक्रमित संख्याको ६७ दशमलव ५ प्रतिशतभन्दा बढी हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २८९, भक्तपुरका १२ तथा ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको हो।
मुलुकभर भने मंगलबार ५ सय २ कोरोना संक्रमित देखिएका छन्।
प्रतिकृया दिनुहोस