डा. गोविन्द केसीलाई कोरोना संक्रमण, टिचिङ अस्पतालमा उपचार हुँदै
काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागगर्दै पटकपटक अनसन बस्ने डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि डा. केसीले कोरोना परीक्षण गराएका थिए । पिसिआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
चिकित्सा क्षेत्रका अभियान्ता मानिने डा. केसीको काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ । उनको श्वासप्रस्वासमा केही समस्या आएको डा. केसीका सहयोगी डा. प्रितम सुवेदीले बताए ।
प्रतिकृया दिनुहोस