फेरि बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस