तुलसीपुरमा २० वर्षीया सुत्केरीको मृत्यु

Death 1 768x490

दाङ । कोरोना भाइरसको संक्रमणबाट दाङमा २० वर्षीया सुत्केरीको मुत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० निवासी संक्रमित ती महिलाको शिशु जन्मिएपछि कोरोनाले मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनी कात्तिक १६ गते प्रसुति सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन् । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो । स्वास्थ्यमा निरन्तर समस्या भएकी उनको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...