निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना
काठमाडौं । फिल्म निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण भएको छ । आफ्नो पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी शर्माले फेसवुक मार्फत दिनुभएको छ ।
उहाँले आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध गर्नुभएको छ । एकदिन सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफुलाई कोरोना पुष्टि भएको बताउँदै शर्माले आफुलाई अरु लक्षण नदेखिएको उल्लेख गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस