उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन थपिए १८७८ संक्रमित
काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५७०, भक्तपुरका ११९ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन्।
प्रतिकृया दिनुहोस