बढ्यो सुनको मुल्य, ५ रुपैयाँले बढ्यो चाँदीको मुल्य

Gold nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भउकोमा मंगलबार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने ५ रुपैयाँले मात्रै बढेको छ । सोमबार नेपाली बजारमा चाँदी १ हजार २ सय ५ रूपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...