नेप्से साढे तीन अंकले घट्यो, सबै समूहमा शेयर घटबढ

Ghatyo share market

काठमाडौं । शेयरबजार परिसूचक नेप्से साढे तीन अंकले घटेको छ । नेप्से तीन दशमलव ३३ अंकले घटेर १६ सय ३७ दशमलव ६३ विन्दुमा झरेको छ ।

बैंक, विकास बैंक, अन्य र जीवन बीमा समूहको शेयर ओरालो लाग्दा समग्र बजार पनि घटेको हो । बैंक समूहको शेयर ११ प्रतिशत, अन्य समूहको तीन प्रतिशत र जीवन बीमा समूहको शेयर नौ प्रतिशतले घटेको छ ।

व्यापार, होटल, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा उत्पादन लगायतका समूहको शेयर भने बढेको छ । आज १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँमा किनबेच भए ।

आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । विशाल बजार कम्पनी, सारथी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र शिवश्री हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै तीन दशमलव १४ प्रतिशत गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...