विपी प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको मिर्गौलाको डायलासिस

Merlin kidney dharan

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ ।

कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामा प्रतिष्ठान भित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर छुट्टै आइसोलेसन कोठा बनाइ संक्रमितको डायलासिस गर्ने व्यवस्था मिलाइ सेवा उपलब्ध गराएको हो ।

कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ९९ संक्रमित भर्ना भएका छन् । ८ सय ४३ संक्रमणबाट मुक्त भइ घर गइसकेका छन् । ७८ संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा २३ र २५ जना संक्रमितले अस्पतालमा उपचार गराइरहेका छन् ।

अस्पतालमा ८ जना संक्रमितलाई आइसियुमा राखी उपचार गरिरहेको उनले जानकारी दिए । पोर्टेबल २ वटा सहित ११ वटा भेन्टिलेटर छन् । सबै भेन्टिलेटर अहिले प्रयोगमा ल्याइरहेको उनको भनाइ छ ।

कोभिड अस्पतालमा ठाउँको अभाव र प्राविधिक सामग्रीको व्यवस्थापनमा कठिनाइ हुने भएकोले पुरानो ठाउँमा लगि डायलासिस गर्ने गर्ने गरेको प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार होम आइसोलेसनमा बसेका,विभिन्न आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितलाई डायलासिस गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...