काठमाडौंका सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि

Janakraj dahal ktm cdo

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जनामा कोरोना संक्रमण भएको छ । त्यही सुचीमा काठमाडौंका सिडिओ दाहाल पनि परेका छन् ।

दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको गृह मन्त्रालयलाई जानकारी गराएका छन् । उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रशासनले दसैं अघिदेखि नै अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो ।

दशैंका बेला ल्याब बन्द हुँदा काठमाडौंसहित देशभर नै कोरोना संक्रमितको संख्या घटेको थियो । तर, ल्याब खुलेसँगै फेरि काठमाडौं उपत्यकासहित देशभर फेरि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दसैँमा पिसिआर परीक्षण कम भएकाले संख्या कम भएको थियो ।

काठमाडौंमा १ हजार ३ सय ३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १ सय ८० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...