‘ए आमा’ बोलको गीत लिएर आए कृष्ण र पवन (भिडियोसहित)

Song ye aama

काठमाडौं । दशैं र तिहार लक्षित गरेर अधिकांस कलाकारहरुले गीतहरु सार्वजनिक गर्ने गरेका छन् । कारण दशैं तिहारमा फुर्सद हुने र मनोरञ्जन पनि हुने भएकाले अधिकांस कलाकारको ध्यान यो बेला गीत सार्वजनिक गर्नेतर्फ हुने गर्छ ।

त्यसमा पनि दशैं र तिहारका बला दशैंका गीत धेरै बजारमा आउँछन् यो सालको दशैं र तिहार लक्षित गरेर ‘ए आमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चाडपर्वको बेला परिवारको सदस्यको बिछोडमा जन्मने पीडालाई समेटेर ‘ए आमा’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो ।

कृष्ण कार्की र वन भाटको स्वर रहेको सो गीतको शब्द रचना हिराछबी श्रीशाको छ भने दर्पण यात्रीको संगीत तथा तथा एरेन्ज छ । सुजन श्रेष्ठको छायाकनमा गीतकार हिराछबी श्रीशाकै निर्देशनमा ‘ए आमा’ बोलको गीतको भिडियो तयार भएको हो ।

भिडियोमा सागर लम्साल ‘बले’ सफलता सेमोली, बिमला गिरी, दर्पण यात्री, दिया यात्री, सुरज पुनको अभिनय देख्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...