पिसिआर परीक्षण कम हुँदा घट्यो संक्रमण, पछिल्लो २४ घण्टामा २८५६ जनामा संक्रमण पुष्टि

आज थपिएका २,८५६ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

Corona test logo

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षण कम भएसँगै कोरोना संक्रमितको संख्या घट्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण भएको थियो ।

दशैंका कारण कम परिक्षण गरिए पनि पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अन्य समयको तुलनामा भने धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय ५६ जनासहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ११ हजार ६ सय ७० जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट अहिलेसम्म ८ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...