धरानमा होम आइसोलेसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु
धरान । धरानमा होम आइसोलेसनमा बसेका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना धरान उपमहानगरपालिका वडा नं. ८ का बासिन्दा हुन् ।
होम आइसोलेसनमा बसेका धरान ८ लांघाली चोकका ६० बर्षीय वृद्धको बिहीबार राती ९ बजे मृत्यु भएको छ । मृतक ९ दिनअघि संक्रमण पुष्टि भएर होम आइसोलेसनमा थिए ।
यसैगरी एक महिलाको उपचारको क्रममा नोबेल हस्पिटलमा मृत्यु भएको छ । मृतक ५४ बर्षीया महिला भएको र शव जिल्ला प्रशासन कार्यालयको समन्वयमा धरान ल्याउने कार्य भइरहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
प्रतिकृया दिनुहोस