पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण

Gokul baskota

काठमाडौँ । देशभर कोरोना संक्रमण बढिरहेका बेला पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई पनि कोरोना संक्रमण भएको छ । श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले बिहिबार आफैँ ट्विट गर्दै कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन् । उनले आफुलाई कोरोना संक्रमण भकाले आफुसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

‘मलाई पनि पोजेटिभ देखियो । तर राम्रो के भने बितेको दश दिन यता मैले कसैलाई भेटेको छैन । मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित । दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो । सुरक्षीत रहौँ’ उनले सामाजिक सञ्जाल ट्वीटमार्फत आफुलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...