अब १ मिनेट मै कोरोना टेष्टको रिपोर्ट पाइने (भिडियोसहित)

Covid test 6

काठमाडौं । नेपालमा कोरोना टेष्ट गरेको रिपोर्ट पाउनै पनि हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता छ । तर, कोरोना भाइरसको परीक्षण अब एक मिनेटमै हुने भएको छ ।

अब एक मिनेटभित्रै रिपोर्ट तपाईँको हातमा पर्ने भएको छ । यस्तो व्यवस्था नेपालमा होइन, सिंगापुरमा हो । जसले १ मिनेटमै कोरोनाको रिपोर्ट दिनसक्ने प्रविधिको बिकास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रेथोनिक्स नामक कम्पनीले विकास गरेको यो प्रविधिबाट ६० सेकेण्ड अर्थात १ मिनेटमै कोरोना परीक्षण रिपोर्ट प्राप्त गर्न सकिनेछ । श्वास परीक्षण गरेर यो विधिबाट १ मिनेटमै कोरोना परीक्षण गर्न सकिने सिंगापुरको नेसनल विश्वविद्यालयले जनाएको छ ।

एक मिनेटमै कोरोना परीक्षण गर्ने विधिको विकास कम्पनीका लागि नेसनल विश्वविद्यालयका विद्यार्थी डा।जिया युनान र दु फाङले मिलेर गरेका थिए । यो विधि पिसिआर भन्दा धेरै प्रभावकारी छ । यसको प्रभावकारीता ९० प्रतिशत भन्दा धेरै रहेको विश्वविद्यालयले जनाएको छ ।

यो विधिको प्रयोग कुनै ल्याबमा नभएर परीक्षण स्थलमै गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...