नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण
काठमाडौँ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना पोजिटिभ देखिएको कुरा उनी आफैंले ट्विटरमार्फत जानकारी दिएका हुन् ।
केही लक्षण देखिए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनी अहिले घरमै आइसोलेनमामा बसेका छन् । पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चौधरीले आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस