धुलिखेल अस्पतालमा कोरोना संक्रमित भर्ना गरे ५० हजार धरौटी राख्नु पर्ने

Dhulikhel hospital npy449jt0n 768x510

काठमाडौं । काभ्रेपलाञ्चोकमा रहेको धुलिखेल अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गरे ५० हजार धरौटी राख्नु पर्ने भएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै सामान्य लक्षण भएका बिरामी भर्ना गर्न पनि कम्तीमा ५० हजार धरौटी राख्नै पर्ने व्यवस्था गरिएको जानकारी गराएको हो ।

सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणबाट पछि हटेसँगै अस्पतालले यस्तो जानकारी गराएको हो । लक्षण नभएका बिरामीले पनि कम्तीमा दिनको ३५ सय रुपैयाँ तिर्नुपर्ने समेत स्पष्ट पारेको छ । यसका साथै औषधि तथा रोग निदानमा थप खर्च भए त्यसको पनि जिम्मेवारी संक्रमित स्वयंले लिनुपर्ने सूचनामा अस्पतालले उल्लेख गरेको छ ।

तर आइसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी राख्नु पर्ने समेत अस्पतालले उल्लेख गरेको छ । दैनिक रूपमा आइसियूमा राखिएका बिरामीले भने १५ हजार खर्च लाग्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...