यो वर्षको दशैमा मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

Chyangra

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको थियो ।

यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । “बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौँ ”, उनले भनिन् । कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ ।

कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । मूल्य निर्धारण भने गरिएको छैन । सबै खसीबोका ल्याएपछि मूल्य निर्धारण गरिनेछ । गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढ्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...