नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर उकालो लाग्दै, कोरोनाले थप १९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर घट्दै गएको छ भने मृत्यु हुने दर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको थियो ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ । यसअघि बुधबार १२ जना र मंगलबार १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी सोमबार ९ जना र आइतबार २२ जनाको मृत्यु भएको थियो ।
यसलाई हेर्दा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर बढिरहेको छ । पछिल्लो समय मन्त्रालयले मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण गर्न छोडेको छ ।
नेपालमा पहिलो पटक चीनबाट आएका युवकमा कोरोना देखिएको थियो । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
काठमाडौं उपत्यका देशभकै कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ८४ हजार ५ सय १८ जना निको भएर घर फर्किएका छन् । कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ४ प्रतिशत छ । हालसम्म कुल ८४ हजार ५ सय १८ जनाले कोरोना जितेका छन् ।
कोरोना संक्रमणबाट ६ सय ९४ ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
प्रतिकृया दिनुहोस