ताप्लेजुङका सिडियोलाई कोरोना संक्रमण पुष्टि, प्रशाषन कार्यालय सिल

Jharendra chcagai taplejung cdo

ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण भएको छ । प्रजिअ चापागाइँलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ ।

केही दिनअघि ज्वरो आउने, खुट्टा झमझमाउने जस्ता समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । बिहीबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको हो ।

चापागाइँ केही दिनअघि ओलाङ्चुङगोलामा बीओपी उद्घाटनका लागि गएका थिए । उद्घाटन कार्यक्रममा गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराइलाई पनि संक्रमण देखिएको छ । मन्त्री भट्टराईलाई संक्रमण देखिएपछि चापागाईं पनि क्वारेन्टाइनमा बसेका थिए ।

प्रजिअको नजिकमा रहेर काम गरेकाहरुको पीसीआर परीक्षण गर्ने प्रशासनले तयारी गरेको छ। मोरङको उर्लाबारी इलाका प्रशासनबाट ताप्लेजुङको प्रजिअ बनेर आएका चापागाईंले आएलगत्तै पीसीआर परीक्षण गराएका थिए । त्यसको नतिजा भने नेगेटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...