होम आइसोलेसनमा बसेका थप दुईको मृत्यु

Dead ihx8ctnygo 19

सुनसरी । होम आइसोलेसनमा रहेका धरान–१५ देवकोटा चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार ६१ वर्षीय ती व्यक्तिको तीन वर्षअघि मुटुको अपरेसन गरिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका थिए । असोज २४ गते पीसीआर जाँच गर्दा पतिपत्नीकै रिपोर्ट पोजिटिभ आएको थियो ।

दुवै जना होम आइसोलेसनमा थिए । बुधबार राति गाह्रो भएपछि बीपी प्रतिष्ठानको कोभिड अस्पताल लैजान खोज्दा त्यहाँ आईसीयू बेड अभाव भएको जानकारी पाएपछि घरमै अक्सिजन ल्याएर लगाइएको थियो । त्यही क्रममा उनको उनको मृत्यु भएको जानकारी आफूले पाएको धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमले बताए ।

यसै गरी तेह्रथुमका ४९ वर्षीय एक संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्षमा बुधबार राति मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई जिल्ला अस्पताल धनकुटाले असोज २६ गते रिफर गरेको थियो । ती व्यक्तिलाई असोज २६ गते प्रतिष्ठानमै पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...