सांसद निरु पाललाई कोरोना संक्रमण
काठमाडौं । नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड १९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन् ।
आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गरेको उनले बताइन् । उनले आफूलाई कोभिड १९ देखिएपनि हार नमान्ने बताएकी छिन् ।
प्रतिकृया दिनुहोस