घटेन काठमाडौं उपत्यकामा कोरोना संक्रमण, पछिल्लो २४ घन्टामा २१२९ जनामा संक्रमण पुष्टि

Kathamandu velly

काठमाडौं । उपत्यकामा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेको छ । यसले काठमाडौं उपत्यकाभित्रि कोरोना संक्रमणले भयाभव रुप लिने देखिएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार १ सय २९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा थपिएका संक्रमितमा लक्षण देखिन थालेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ७ सय ४६ जना, भक्तपुरमा १ सय ६७ जना र ललितपुरमा २ सय १६ जनासहित उपत्यकामा २ हजार १ सय २९ जना थपिएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० जना पुगेको छ ।

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ९१५ पुगेको छ । त्यसैगरी २४ घण्टामा १५ सय ३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७८ हजार ७ सय ८० रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...