अर्घाखाँचीकी ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । अर्घाखाँचीकी ८० वर्षीय कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–४ निवासी वृद्धा सोमबार नै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा भर्ना भएकी थिइन् ।
ज्वरो र श्वासप्रश्वासको समस्या भएकी उनको सोमबार दिउँसो सवा एक बजे मृत्यु भएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । वृद्धामा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस