कोरोना बढेसँगै काठमाडौं उपत्यका भित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

Covid hospital

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय भएको छ । दशभर कोरोना संक्रमितको संख्या बढेपछि सरकारले तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशनसहित यस्तो निर्णय गरेको हो ।

असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड कमाण्ड समितिको बैठकले सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनले महमोहन शिक्षा अस्पताल दहचोक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तीपुरमा संचालित आइसोलेसन सेन्टरलाई लक्षण सहितका कोरोना संक्रमित राख्ने गरी स्तरउन्नति गर्ने निर्णय गरिएको बताए ।

अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित विरामीलाई आइसियु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने उनको तर्क थियो ।

मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई सर्तसहित संक्रमित बाहेकका अन्य सर्वसाधारण राख्न नपाइने गरी आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउने पनि भएका छन् ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

स्वास्थ्य तथा जनसंख्या आकस्मिक बाहेकका हाललाई शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पताललाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...