पछिल्लो २४ घण्टामा ४०४७ कोरोना संक्रमित थपिँदा कुन जिल्लामा कति छन् ? (विवरणसहित)

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुग्यो

878976546

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण काठमाडौं उपत्यकासहित देशभर आइतबारको तुलनामा झण्डै दोब्बर बढेको छ । आइतबार केही घटेको कोरोना संक्रमण सोमबार फेरि उच्च दरमा बढेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २ सय २७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ रहेको थियो ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

No photo description available.
Image may contain: text
No photo description available.
No photo description available.
No photo description available.
Image may contain: text that says "७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ४२९ १६३ ३०३ हालसम्मको डिस्वार्जको संख्या ६,६६७ १५,०९० २९,३६९ ४,२५५ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी लुम्बिनी कर्णाली सुदुरपश्चिम जम्मा ६४३ ૧४४२ १०,७६१ ५०२ १२६९ ४,६३१ ३,४६० ७५९५ ७७,२७७ ड.आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या प्रदेश भेन्टिलेटर मा उपचारत संख्या ३० १५ २० १५५ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी लुम्बिनी कर्णाली सुदुरपश्चिम जम्मा ४६ ४७ o ६ o १९ २ २७९ o ६७ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण गत"
Image may contain: text
No photo description available.

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...