चितवनमा ५५ जनामा कोरोना संक्रमण

Co

चितवन । चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितवन बाहिरका छन् ।

संक्रमित हुनेहरू ६ वर्षीय बालकदेखि ७१ वर्षका वृद्धसम्म छन् । भरतपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १८ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका १ पुरूष, खैरहनीका ३ पुरूष, रत्ननगरका १ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ । कालिकाका १ महिला र १ पुरूषमा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् । यस्तै पर्साका ६ पुरूष, मकवानपुर र तनुहँका १–१ पुरूष र सर्लाहीकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...