शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको खुलासा

Giriraj mani pokheral

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेललाई आज संक्रमण पुष्टि भएको हो ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ ।

डाक्टर गोविन्द केसीको १९औँ पटकको अनसन तोडाउनका लागि मन्त्री पोखरेल यो साता सक्रिय भएका थिए । वार्ता टोली गठनदेखि केसीसँगको सम्वादका क्रममा उनी शिक्षा मन्त्रालय, त्रिवि शिक्षण अस्पताल र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए ।

बिहीबार र शुक्रबार भएको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहित शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

त्यहाँ पुगेर उनले प्रमसँग केसीका माग पूरा गर्ने उपायबारे छलफल गरेका थिए । त्यसक्रममा उनलाई बालुवाटारमै असहज भएको थियो । प्रधानमन्त्रीसँगको संवादकै क्रममा असहज भएपछि उनी त्यहाँबाट सीधै मन्त्री निवास पुल्चोक पुगेका थिए ।

शिक्षा मन्त्रीका सचिवालय सदस्य विनोद न्यौपानेका अनुसार पोखरेलले निवासमा पुगेर ज्वरो कम गर्ने औषधि पनि लिएका थिए । तर त्यहाँ लिएको औषधिले काम नगरेपछि उनी आवश्यक परामर्शका लागि पाटन अस्पताल पुगेका थिए ।​

केही दिनयताको पोखरेलको सक्रियताले प्रधानमन्त्री ओलीसहितका उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । मन्त्री पोखरेलले केसीको ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य उच्च अधिकारीसँग सम्वादमा सक्रिय हुँदा धेरैजना कन्ट्याक्ट ट्रेसिङमा पर्ने भएका हुन् ।

यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ भने ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...