बैतडीमा निरीक्षकसहित ५ प्रहरीलाई कोरोना

Co

बैतडी । बैतडीमा प्रहरी निरीक्षकसहित ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएका प्रहरीहरु सबै जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायब निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान हुन् । जिल्ला बाहिरबाट सरुवा भएर आएका, परीक्षा दिन बाहिरी जिल्ला गएका र घर बिदाबाट आएकाहरुमा कोरोना देखिएको उनले बताए ।

संक्रमण पुष्टि भएका सबै क्वारेन्टाइनमा रहेका थिए । हाल उनीहरु अस्पतालको आइसोलेसनमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...