कोरोना संक्रमणबाट थप तिन जनाको मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौं । भरतपुर अस्पतालमा उपचारत भरतपुर महानगरपालिका १ बस्ने ४७ वर्षीय पुरुष शनिवार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पतालमा भर्ना भएका थिए ।

शुक्रवार नै उनको स्वाव परीक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएको थियो। उपचार गराइरहेका पुरुषको शनिवार साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । त्यसै गरी विराटनगर–सुनसरीका दुई जना कोरोना संक्रमितको नोबेल शिक्षण अस्पताल विराटनगरमा शनिबार राति मृत्यु भएको छ ।

दुहवी–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार उपचारका लागि महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा २१ गते रिपोर्ट पोजेटिभ आएको जानकारी दाहालले दिए । त्यस्तै नोबेलमा उपचाररत हरिनगर ४ का ७१ वर्षीय पुरुषको राति सवा दश बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।

स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको दाहालको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...