अनसनरत डा. केसी र सरकारबीच मध्यराती ७ बुँदे भयो सहमति (सहमति पत्रसहित)

आइतबार बिहान मात्रै अनसन तोड्ने

Dr.gobinda kc samjhauta

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै २७ दिनदेखि अनसन बसेका डा. गोविन्द केसीको सरकारले पूरा गर्ने भएको छ ।

२७ औं दिनदेखि अनसनमा रहेका डा. केसीको मागप्रति सरकारले शनिबार मध्यराती सम्झौता गरेको छ । सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र अनसनरत डा. केसीबीच मध्यराती ७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सरकारसँग सम्झौता भए पनि अनसनरत डा. केसीले आइतबार बिहान मात्रै अनसन तोड्ने सहमति भएको छ । सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने उल्लेख छ ।

सरकारले शनिबार मात्रै अधिकांस माग पूरा गरेको र बढ्दो कोरोना महामारीको अवस्थालाई मध्य नजर गर्दै अनसन फिर्ता लिन आग्रह गरेको थियो ।

तर, नेपाल चिकित्सक संघले सरकारले डा. केसीले उठाउँदै मागप्रति अनुदार रहेको भन्दै आइतबारदेखि आकस्मिक र कोभिड अस्पताल बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । यद्यपि मध्यराति डा. केसीसँग सम्झौता भएका कारण संघले आफ्नो निर्ण फिर्ता लिएको छैन ।

यस्तो छ सहमतिको पूर्णपाठः

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...