सरकारले भन्यो, चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालन गरौँ

Ministry of health and population

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन मापदण्ड जारी गरेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चाडपर्वमा सावधानी अपनाउन मापदण्डबारे जानकारी गराएका हुन् । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ ।

मापदण्ड अनुसार टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एक जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने छ । एउटै घरका व्यक्तिबाहेक अरूसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नुपर्ने मन्त्रालयले जनाएको छ । सकेसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ ।

चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ । धार्मिक स्थल तथा मेला पर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्न, अँगालो मार्न वा शरीर छुन पाइने छैन ।

देवीदेवताका मूर्तिहरू नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थलमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरूले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागी नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्षमाथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

भर्खरै सर्जरी गरेका, अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरूलाई भिडभाडमा नजानसमेत भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...