कोरोना संक्रमण हावाबाट ६ फिटसम्मको दूरीमा सजिलै सर्ने अनुसन्धानको निष्कर्ष
काठमाडौं । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले कोरोना भाइरसको नयाँ गाइडलाइन्स जारी गरेको छ । सिडिसीले कोरोना भाइरस व्यापक फैलिएको जनाएको छ । तर, सिडिसीले कोरोना संक्रमण बढ्दै गएसँगै हावामा कोरोना भाइरस व्यापक रुपमा फैलिइरहेको छ ।
आफ्नो गाइडलाइन्समा सिडिसीले ससाना ड्रपलेट्स र कणहरुमा कोरोना भाइरस फैलिएकाले पछिल्लो समय संक्रमण तीव्र गतिमा फैलिएको जनाएको छ । कोरोना भाइरस हावामा केही मिनेटदेखि घन्टौँसम्म रहने गर्छ । हावामा फैलिएको भाइरस ६ फिटको दूरीसम्मका व्यक्तिमा सजिलै सर्ने गरेको सिडिसीको रिपोर्टमा उल्लेख छ ।
एयरबोर्न ट्रान्ससिनको रुपमा भाइरस फैलिएको निष्कर्ष अनुसन्धानकर्ताले गरेका छन् । एक संक्रमितले ६ फिटसम्म टाढा बसेको अर्को व्यक्तिमा कोरोना सार्न सक्छ । यो अध्ययन पर्याप्त मात्रामा हावा खेल्ने नभएको ठाउँमा गरिएको थियो । व्यक्तिले लामो लामो स्वास लिएको, गीत गाएको वा एक्सरसाइज गरेको समयमा व्यक्तिले झन्झन् कोरोना भाइरस फैलाएको पाइएको छ ।
वैज्ञानिकहरुले कोरोना संक्रमितबाट निस्किएका ससाना ड्रपलेट दोस्रो व्यक्तिमा संक्रमण हुनका लागि पर्याप्त हुने भएकाले सतर्कता अप्नाउनु पर्नेमा जोड दिएका छन् । कोरोना संक्रमित व्यक्ति रहेको ठाउँमा पुगेका व्यक्तिहरु कोरोना संक्रमित भएको अनुसन्धानबाट देखिएको छ । वैज्ञानिकहरुले हावाको माध्यमबाट कोरोना फैलिन रोक्ने उपायका विषयमा सबैजना सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
एकजना व्यक्तिले एक पटकमा हजारौँ भाइरस हावामा छोड्ने गरेको पाइएको छ । संक्रमितले खोक्दा, हाच्छियू गर्दा, गीत गाउँदा, कुराकानी गर्दा र स्वास लिँदा पनि कोरोना भाइरस निस्किने गर्छ । त्यसरी निस्किएको भाइरस केही मिनेटदेखि घन्टौँसम्म हावामा रहने गरेको छ ।
गुरुत्वाकर्षणका कारण ठूला ड्रपलेट्स जमिनमा झर्ने गर्छन् भने स-साना ड्रपलेट्स र कण हावामा फैलिने गर्छन् । सिडिसीले नयाँ गाइडलाइनमा ६ फिट टाढा रहन र हावामा फैलिएको कोरोना रोक्ने उपायका विभिन्न विषयमा सोच्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस