सुदूरपश्चिममा थपिए ४१ जना कोरोना संक्रमित

Corona test19

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीनवटा प्रयोगशालामा ६२० जनाको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१३ जनाको परीक्षणमा धनगढी उप महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका १ जना गरी कैलालीका १९ र कञ्चनपुरका ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप महानगरपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २र२ जना, वडा नम्बर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीकै गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिका वडा नम्बर २ का एक जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। श्रेष्ठका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना र महाकाली नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

उता, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ७४ जनाको कोरोना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको साँफेबगर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

यता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२९ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...